काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।
सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडका का।मु। नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाँइले हस्ताक्षर गरेका छन् ।
त्यस्तै सिद्धार्थ बैंकका सहायक महा–प्रबन्धक अर्जुन भद्र खनालले आगामी दिनहरुमा एसियन लाईफ इन्स्योरेन्स लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बिमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।
तपाईंको प्रतिकृया




