काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचिकृत हुन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सूचना जारी गर्दै कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकरणका लागि दश दिनको समय दिएको हो ।
“वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ ‘क’ तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ बमोजिम मन्त्रालयमा सूचीकरण हुन चाहने स्वास्थ्य संस्थाहरुलाई १० दिन भित्र तोकिएको कागजातसहित निवेदन दिन सूचना जारी गरिएको छ” मन्त्रालयले प्रकाशन गरेको सूचनामा भनिएको छ।
तपाईंको प्रतिकृया




