नेपाल मेडिसिटी मुलुकको पहिलो एनएबीएच मान्यता प्राप्त हस्पिटल

ललितपुर ।नेपाल मेडिसिटी अस्पताल नेपालको पहिलो र एकमात्र नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्स–NABHमान्यता प्राप्त गर्न सफल भई विश्वस्तरीय अस्पतालहरुको सूचीमा सूचिकृत भएको छ ।

चैत्र १३ गते, बुधबार राजधानीमा आयोजित कार्यक्रममा एनएबिएचका प्रमुख कार्यकारी अधिकृत डा. हरिश नद्कमीले नेपाल मेडिसिटी अस्पतालकि प्रबन्ध निर्देशक डा. समता प्रसादलाई नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्सको मान्यता प्रमाणपत्र वितरण गर्नुभएको हो ।

प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री उपेन्द्र यादव , बालगुरु ब्रम्हज्ञानी आदित्य लगाायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थितीमा कार्यक्रम सञ्चालन गरीएको हो ।

एको छ गतभमाणपत्र वितरण गर्नुपनि हामी धन्यवाद दिन चाहान्छौं जसले नेपालको अस्पतो राजधानीको सोल्टि क्राउन प्लाजामा ललाई पनि अन्तर्राष्ट्रियस्तरको मान्यता प्रदान गरी नेपालीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गर्न सहयोग पुर्याएको छ ।

विशेष गरी NABHका CEO डा. हरिश नादकर्नीलाई धन्यवाद दिन चाहान्छु जो प्रमाणपत्र हस्तान्तरण गर्न आफै नेपाल आउनु भएको छ । यसले उहांको नेपाल प्रतिको मायालाई दर्शाएको छ ।

अस्पतालको सेवा, जनशक्तिको ब्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामीमैत्री पूर्वाधार तथा अन्तर्राष्ट्रिय मापदण्डको सही ब्यवस्थापनले नेपाल मेडिसिटी अस्पताल आज देशले गौरव गर्न सक्ने अस्पतालको रुपमा राष्ट्र सेवामा समर्पित भएको छ ।

NABH ले भारतीय उपमहाद्विप र विश्वस्तरमा अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरुको विभिन्न पद्धति र तरीकाबाट ठोस एवं मिहिन अनुगमन गरी सहि स्वास्थ्य सेवा प्रदान गर्ने गराउने संयन्त्रहरुको विकाश गर्दै उपलब्ध स्वास्थ्य सेवा उच्चस्तरको हो भन्ने प्रत्याभूति प्रदान गर्दछ ।

स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको दक्षता अभिवृद्धि र योजनाबद्ध परिणामहरु हासिल गर्न सघाउ पुर्याउने विश्वस्तरको बलियो संस्थाको रुपमा रहेको ल्ब्द्यज् ले अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरुको सेवा गुणस्तरीय र सुरक्षित रहेको पनि प्रत्याभूति गराउंदछ ।

विरामीको सुरक्षा तथा स्वास्थ्य सेवाको गुणस्तरलाई विशेष ध्यान दिदै राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड एवं प्रकृयाहरुलाई अवलम्वन गरी आन्तरिक र बाह्य मुल्यांकनका पद्धतिबाट NABHले आफ्ना कार्यक्रमहरुलाई ब्यवस्थित गर्ने गरेको छ ।

NABH , इन्टरनेशनल सोसाईटी फर क्वालिटी इन हेल्थ केयर (इस्क्वा) को सदस्य एवं एसियन सोसाईटी फर क्वालिटी इन हेल्थ केयरको कार्यकारी बार्डमा रहेको छ । इस्क्वाले बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका १२ वटा सदस्य राष्ट्रको एक्रिडिटेसन कार्यक्रम सरह विश्वभरीका स्वास्थ्य संस्थाहरुलाई मान्यता प्रदान गर्दछ । एनएबबिएचले भारतका १७ हजार भन्दा बढी अस्पतालहरु मध्ये हाल सम्म ५९२ वटालाई मात्र  NABH मान्यता प्रदान गरेको छ । भारत बाहिर फिलिपिन्स पछि पहिलो पल्ट नेपाललाई यो मान्यता प्राप्त भएको हो ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अस्पतालको अभावलाई यस मान्यता पश्चात नेपाल मेडिसिटी अस्पतालले पूर्ति गर्ने विश्वासका साथ नेपालीहरुको

स्वास्थ्यमा गुणात्मक एवं परिणाममुखी उन्नयनमा यसले सहयोग पुर्याउने छ ।उपचारकै लागि अब नेपालीहरु विदेश जान नपरोस् र नेपालमै काम गर्न सक्ने वातावरण, पूर्वाधार र प्रविधिको विकासले विदेशमा कार्यरत् नेपाली स्वास्थ्यकर्मीहरुलाई नेपालमै आएर काम गर्न अभिप्रेरित गर्ने नेपाल मेडिसिटीको प्रयासलाई यस मान्यताले सार्थकता प्रदान गरेको छ ।

नेपाल मेडिसिटी अस्पतालले विशेषतः गुणस्तरीय स्वास्थ्य उपचार र विरामीहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी स्वास्थ्यका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड तथा मार्गनिर्देशनहरुलाई गहन रुपमा पालना गरिरहेको छ ।

विशेषगरी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, संचालन र स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७०, NABH, NABL,  जोइन्ट कमिशन इन्टरनेशनल लगायतका मापदण्डहरुलाई पालना गरी लागू गरिरहेकोले यस अस्पताल संसारभरीका विरामीहरुको उपचारका लागि उत्कृष्ट गन्तब्य हुने नेपाल मेडिसिटीले विश्वास लिएको छ ।

“एक अस्पताल एक चिकित्सक” अभियानलाई आर्दशको रुपमा पालना गर्दै यस अस्पतालले जनशक्ति, पूर्वाधार र प्रविधिको उत्कृष्ट संमिश्रण एवं ब्यवस्थापन गरेको छ । यसले नेपालको स्वास्थ्य सूचकांक र समग्र स्वास्थ्य क्षेत्रलाई नै रुपान्तरणको प्रकृयामा लगी नेपाल मेडिसिटीलाई एउटा मानकको रुपमा स्थापित गर्ने विश्वास रहेको छ ।

नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य सेवाका क्षेत्रमा विश्वमा विद्यमान सम्पूर्ण उपचार सेवा र पद्धतिहरुलार्ई उपलब्ध गराउदै एउटै छानो मुनि स्वास्थ्य उपचारका सम्पूर्ण सेवाहरुलाई व्यवस्थित गरी बिरामीहरुलाई लाभान्वित गर्ने यी प्रयासहरुले निश्चित रुपमा हाम्रा स्वास्थ्यजनित प्रक्रिया, पद्धति र प्रयासलाई पूर्णता तर्फ उन्मुख गराउने छ ।

नेपाल मेडिसिटी अस्पतालले मेडिकल टुरिजमलाई प्राथमिकतामा राखी विदेशबाट उपचारका लागि नेपाल आउने वातावरणलाई सहजता प्रदान गर्दै उपचारको उत्कृष्ट गन्तव्यको रुपमा नेपाललाई विश्वभरी पहिचान गराउने अभियानको शुरुवात समेत गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महिनाभरी नोवेलले दियो स्तन क्यान्सरको उपचारमा सहुलियत

विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा …

प्रतिकृया दिनुहॊस