??????????????

साल्ट ट्रेडिङ कर्पोरेशन घरजग्गा व्यवसायमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले घरजग्गामा लगानी गर्ने भएको छ । यसको लागि कम्पनीले फ्यूचर वर्कस् विल्डिङ्ग सोलुसन प्रा.लि. कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ ।

यस्तै कम्पनीको लगानी रहेको उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको जानकारी दिएको छ ।

लिमिटेडको ५२ औं वार्षिक साधारणसभामा यसको जानकारी दिइएएको छ । साधारणसभाले आर्थिक वर्ष २०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा  १ अर्व १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो ।

नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७५।०७६ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २०,००० मे.टन, डिएपी २०,००० मे. टन र पोटास २५०० मे. टन आयात भईसकेको र वाकी परिमाण यसै आ.व. को अन्त्यसम्ममा आयात भईसक्ने कम्पनीले जानकारी दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस