दक्षिणकालीबाट पुरानो बसपार्क आउँदै गरेको बस दुर्घटना, २४ जना घाइते

काठमाण्डौ । चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कबाट दक्षिणकाली रुटमा चल्ने ना ३ ख १४४४ नं को यात्रुवाहक बस मंगलबार बिहान ७ बजे चाल्नाखेलमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस