इण्डियन प्रिमियर लिग : पञ्जावले राजस्थानलाई १४ रनले हरायो

काठमाडाैँ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले हराएको छ । जयपुरस्थित राजस्थानको होम ग्राउण्डमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको थियो । पञ्जावका लागि क्रिश गेलले विस्फोटक ब्याटिङ गरे । उनले ४७ बलमा चाठ चौका र चार छक्काको मद्धतमा ७९ रन बनाए । यस्तै सर्फराज खानले पनि अविजित ४६ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का हानेका थिए । मायांक अग्रवालले २२ रन बनाए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई  विकेट लिए ।

१८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १७० रनमा समेटियो । उसका लागि जोस बट्लरले १० चौका र दुई छक्का प्रहार गर्दै ४३ बलमा ६९ रनको योगदान दिए । अजिन्क्या रहाणेले २७ र सन्जु स्यामसनले ३० रन बनाए । स्टेभेन स्मिथले पनि २० रन जोडे । अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन ।

राजस्थानलाई हराउनका लागि स्याम कुरान र मुजिब उर रहमानले दुई दुई विकेट लिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काभा महिला भलिबल : इरानसँग भिड्दै भारतलाई हराएको नेपाल

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने …

प्रतिकृया दिनुहॊस