गणेशराज पोखरेल सिटिजन्स बैंकमा चारवर्षका लागि सिइओ नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् ।

बैंकको चैत ११ बसेको संचालक समितिले कामू प्रमुख कार्यकारी अधिकृत  पोखरेललाई चारवर्षसम्म  सिइओ बनाउने निर्णय गरेको थियो । तत्कालिन प्रमुखकार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात पोखरेलले कामू सिइओको रुपमा बैंक थिए ।

पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर,कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । व्यवस्थापनको २५ वर्ष अनुभव छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस