काठमाडौं । सहयोगी विकास बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । बैंकको फागुन २५ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित १७ प्रतिशत बोनस शेयर जम्मा भएको हो । भौतिक रुपमा शेयरधारण गरेका शेयरधनीको हकमा कम्पनीको शेयर अभौतिकरण गराए पश्चात शेयरधनीको खातामा जम्मा हुनेछ । विक्री प्रबन्धक एनआसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आईतवार कम्पनीको शेयर मूल्य २ अंकले बढेर रू. १ सय ९४ पुगेको थियो ।
तपाईंको प्रतिकृया




