जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी

काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले खेलकुद प्रतियोगितामा समेत आफ्नो सबल उपस्थिती जनाउँदै आएको छ। प्रायः सबै बैंकिङ्ग परिसुचकहरुमा अग्रस्थान ओगट्न सफल यस बैंकले गत फागुन ३० देखि चैत २ सम्म चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा विजयी भएको छ।

पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रालिले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो। बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरुमा आफ्नो वर्चश्व कायम गरिसकेको छ।

मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस