शिवम् सिमेन्टको सेयर कारोबार खुला, ओपन रेन्ज १६१.६० देखि ४८४.८० रुपैयाँसम्म

काठमाडौं । शिवम् सिमेन्टको सेयर कारोबार बिहीबारदेखि खुलेको छ । शिवमको पहिलो कारोबारका लागि नेप्सेले १६१ रुपैयाँ ६० पैसादेखि ४८४ रुपैयाँ ८० पैसासम्म रेन्ज दिएको छ । कम्पनीले सेयर कारोबार ‘एसएचआइभीएम’ संकेतबाट हुने भएको छ ।
शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता सेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो । कम्पनीले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ४४ लाख कित्ता आइपीओ पनि मंगलबार नै सूचीकृत भएको थियो । बुधबार होलीको अवसरमा सार्वजनिक विदा परेकाले यसको सेयर कारोबार बिहीबारदेखि खुला भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस