१४ वर्षीय बालक सुनकोसीमा बेपत्ता

काठमाडाैँ । काभ्रेको तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन्।

अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिए।

स्थानीयवासी र प्रहरीले राति अबेरसम्म नदीमा खोजतलास गर्दा सुमन नभेटिएकापछि आज बिहानैदेखि पुनः खोजी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले सुमनको खोजी गर्न गोताखोरको पनि व्यवस्था गरिएको जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस