एसियन लाइफ इन्स्योरेन्सको साढे ७५ करोडको हकप्रद चैत २५ बाट, पूँजी २ अर्ब रुपैयाँ नाघ्ने

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सले चैत २५ गतेदेखि हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो।

हकप्रद बैशाख २९ गतेसम्म भर्न पाइनेछ। कम्पनीले ७५ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो। कम्पनीको अहिले चुक्ता पूँजी १ अर्ब २५ करोड रुपैयाँ छ। शेयर जारीपछि चुक्ता पूँजी २ अर्ब नाघ्ने छ।

कम्पनीको दसौं बार्षिक साधारणसभाले  चार प्रतिशत बोनस शेयर वितरणपछि कायम पूँजीमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। त्यसै अनुसार कम्पनीले हकप्रद जारी गर्न लागेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस