काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पारजित गरेको छ। नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो ।नेपालका सन्दिप लामिछाने एक्लैले ७ विकेट लिए। नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र किशोर महतोले १/१ विकेट लिए। थाइल्यान्डका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
तपाईंको प्रतिकृया




