सोमबारदेखि तीनदिनसम्म मेघ गर्जनसहित पानी पर्ने

काठमाडौँ । आजदेखि बुधबारसम्म ३ दिन मेघ गर्जन सहित देशका पहाडि भूभागमा हलका पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज, भोली र पर्सी बुधबार सम्म देशका पुर्बी भूभाग र पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी  भूभागका केहि  स्थानहरुमा  मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

आज देशको पूर्वी भागमा हल्का बर्षा हुने, भोली पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसमविद मञ्जु बासीले जानकारी दिइन । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण मौसममा गढबढ देखिएको उनको भनाई छ । यद्यपी आज काठमाडौंमा भने पानी पर्ने संभावना कम रहेको उनले बताइन् । उनले भनिन–‘छाता बोक्यो भने घाम पानी दुबैलाई काम लाग्छ, ठूलो पानी पर्ने अवस्था नभएपनि  छिटपुट बर्षा हुने संभावना छ ।’

आज राती पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।
यस्तै भोली मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राती भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस