बैंक तथा वित्तीय संस्थाहरुकाे नयाँ आधारदर : कति प्रतिशतमा दिंदैछन् सेयर कर्जा ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नयाँ आधारदर सर्वाजनिक गरिरहेका छन् । यसै आधारदरलाई आधार मानेर बैंक तथा वित्तीय संस्थाले विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएका छन् । आधारदरमा बैंकको आवश्यकता र क्षमतालाई आधार मानेर त्यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएका छन् । पुस मसान्तसम्म सार्वजनिक गरेको आधारदरका आधारमा ११ राष्ट्रिय स्तरका विकास बैंकले प्रवाह गर्ने सेयर कर्जाको नयाँ आधारदर यस्ताे छ ।
नयाँ आधारदर 

चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा सबै विकास बैंकको आधारदर ११% भन्दा माथि रहेको छ । यीमध्ये सबैभन्दा धेरै आधारदर देवः विकास बैंकको ११.९१% छ । त्यस्तै, गण्डकी विकास बैंकको ११.७६%, ज्योति विकास बैंकको ११.६३%, सांग्रिला डेभलपमेन्टको ११.६०% रहेको छ । सबैभन्दा थोरै कैलाश विकास बैंकको ११.०१% छ ।

ओम डेभलपमेन्ट बैंकको आधारदर ११.५८% रहेको छ । बैंकले अन्य बैंकको तुलनामा थोरै प्रिमियम (१.४२–३.४२)% थप गरी सेयर कर्जा प्रवाह गर्दै आएको छ । कामना सेवाले (०–४)% सांग्रिला डेभलपमेन्टले (०–४.५)% प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बुधबार पनि घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । यो दिन तोलामा …

प्रतिकृया दिनुहॊस