एनआईसी एशिया बैंकको शाखा सिरहाको गोलबजारमा, किसानलाई सहुलियत व्याजमा ऋण उपलब्ध गराउन स्थानीयको आग्रह

सिरहा । एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको गलबजारमा संचालनमा आएको छ । शाखाको गोलबजार नगरपालिका वडा नं ४ शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले उद्घाटन गरे ।

शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे । बैंक तथा वित्तिय संस्थाहरुले किसानलाई लागानी गर्न आनाकानी गर्ने गरेको भन्दै उनले किसानलाई सहुलियत व्याजमा ऋण उपलब्ध गराउन आग्रह गरे ।

उनले किसानहरुको सहि पहिचान गरी बैंकले उनीहरुको आयस्तरमा बृद्धि गर्न आवश्यक ऋण उपलब्ध गराउनु पर्छ त्यसको लागी आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री