काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगकार कार्यक्रमले २६८ जनाको लागि जागिर खुलाएको छ। यसअघि खुलाइएको रोजगार संयोजकका पर्याप्त योग्य उम्मेदवार नभएपछि पनि सूचना जारी गरिएको हो।
रिक्त रहेका २५८ स्थानीय तहमध्ये १९ जनालाई नायबसुब्बा सरहको सुविधा दिनेगरी र २४९ जनालाई अधिकृत सरह सुविधा दिने गरी करारमा कर्मचारी माग गरिएको हो।
इच्छुक उम्मेदवारले आगामी १० दिनभित्र आवेदन दिनुपर्ने छ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यन्वयनको लागि रोजगार संयोजक नियुक्ति गरिहरेको छ। ७५३ स्थानीय तहमध्ये ४८५ स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गरिएको छ।
प्रतिकृया दिनुहॊस