सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको मेल्लेखमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा शाखा कार्यालय सञ्चालन गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानीय जनप्रनिनिधिहरु र स्थानीय व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टोयोटा गाडी खरिद गर्न गरिमा विकास बैंकले आधार दरमा नै कर्जा दिने

काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने भएको छ …

प्रतिकृया दिनुहॊस