जब मदिराले लट्ठ भएर बेहुला मण्डपमा बसे….

काठमाडाैँ । भारतको बिहार राज्यको एउटा गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा पुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छन्।

बिहारस्थित डुमरी छपिया गाउँकी रिन्की कुमारीको बब्बु कुमारसँग शनिबार भव्य विवाह समारोह भइरहेको थियो।

तर, विवाह मण्डपमा बसेका बेहुला मदिराले लठ्ठ भएको थाहा पाएपछि बेहुलीले विवाह अस्वीकार गरेकी हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

दुलाहा यति लट्ठ थिए कि उनी आफू विवाह मण्डपमा आएको समेत होस पाएका थिएनन्।

विवाहको संस्कार पनि उनी राम्रोसँग गर्न सकिरहेका थिएनन्। ‘त्यही भएर बेहुली मण्डप छाडेर भागिन्,’ विवाहमा सहभागी एक व्यक्तिले भने।

दुबै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए। तर बेहुली सहमत भइनन्।

अन्तमा बेहुला पक्षले लिएका सबै दाइजो फिर्ता गरेर उनीहरुलाई घर पठाइएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री