एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा, शाखा संख्या २७७

काठमाडाैँ । एनआईसी एशिया बैंकले सप्तरी स्थित राजविराज नगरपालिका वडा नं ८, मा नयाँ शाखा कार्यलय स्थापना गरी कारोबार सुरु गरेको छ । सो नयाँ शाखा कार्यलयको उद्घाटन राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवले गरे । उनले सो कार्यक्रममा बोल्दै, दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे

हालसम्म बैंकले मुलुकभर २ सय ७७ वटा शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको छ । बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १६८ अर्ब तथा कर्जा १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds