के हो नसर्ने रोग ? कसरी बच्ने यसबाट ?

काठमाडाैँ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने सामान्यतया त्यस्ता रोगलाई नन् कम्युनिकेबल डिजिज अर्थात् नसर्ने रोग भनिन्छ। यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिजसमेत भन्ने गरिन्छ।आजभोली अधिकांश मानिस नसर्ने रोगबाट पीडित भएको पाइन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल लगायत दक्षिण एसियाली मुलुकमा २५ प्रतिशत जनसंख्याको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ। त्यस्तै, दक्षिण पूर्वी देशका जनता क्यान्सर, श्वासप्रश्वास, मधुमेह र मुटुरोगको उच्च जोखिममा छन्। नेपालमा पनि हाल मृत्युको ठूलो कारण नसर्ने रोग बन्दै गएको छ।

सन् २०१६ मा नेपालमा गरिएको एक अध्ययनअनुसार ६६ प्रतिशत मानिसको मृत्युको कारण नसर्ने रोग हो। जसमा मुटुरोगको कारण मृत्यु हुनेको संख्या ३० प्रतिशत, श्वासप्रश्वाससम्बन्धी रोगले १० प्रतिशत, क्यान्सरजन्य रोगले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ।

त्यस्तै अन्य विभिन्न किसिमका नसर्ने रोगबाट मृत्यु हुनेको संख्या करिब १३ प्रतिशत छ। नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली नै हो। जसमध्ये अत्यधिक धुमपान गर्नु, छल्छीपना, शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि हुन्।

मध्यपान र धुमपानबाट टाढा रहन सकेमा नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ। अत्यधिक रक्सी सेवनले कम्तिमा पनि २ सय प्रकारका रोग लाग्ने सम्भावना हुन्छ।

खैनी, गुट्खा, पान जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन। जसबाट दम, मुखको क्यान्सर, मधुमेबाट बच्न सकिन्छ। स्वस्थ रहन कम्तिमा पनि दैनिक आधा घन्टा व्यायाम गर्न जरुरी हुन्छ। नुन कम खान आवश्यक छ।

व्यक्ति स्वयंमले आफ्नो जीवनशैलीमा ध्यान नि सकेमा नसर्ने रोगबाट बच्न सकिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री