काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ८ लाख १६ हजार ३९९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बिहीबार सप्तकोशी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सले बोनस सेयर सूचीकरण गराएका हुन् ।
सप्तकोशीको १ लाख ५२ हजार ५५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यसको पुस २८ गते बसेको साधारण सभाबाट पारित ३% बोनस सेयर सूचीकृत भएको हो ।
यस्तै, सेन्ट्रल फाइनान्सको पनि ६ लाख ६३ हजार ८४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत मंसिर १ गते भएको साधारण सभाबाट पारित ८.७६% बोनस सेयर सूचीकृत गरेको हो ।
तपाईंको प्रतिकृया




