कृषि विकास बैंकको साधारण सभा चैत १५ गते

काठमाडौं ।  कृषि विकास बैंकले बाह्रौं वार्षिक साधारण सभा चैत १५ गते गर्ने भएको छ । बैंकको सञ्चालक समितिले   बसेको ७ सय ३६ औं बैठकले चैत १५ गते कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र बोडे भक्तपुरमा सभा आह्वान गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ दशमलव शुन्य ५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सहित कूल २१ दशमलव शुन्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।लाभांश वितरणका लागि बैंकले फागुन १६ गते बिहीबार बुकक्लोज गरिसकेको छ। जसका लागि फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्। यस्तै सभाले सरकारको अग्राधिकार शेयर वापतको ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ५० करोड ५२ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ । बैंकले सर्वसाधारण शेयरधनीलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब एक करोड ५५ लाख २८ हजार ९६० रूपैयाँ पुग्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री