क्रिकेटर आरिफ र रोहित एनसीसी बैंकको बैंकको ब्रान्ड एम्ब्यासडर

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाली  क्रिकेट क्षेत्रका उदीयमान खेलाडीहरु आरिफ शेख् र रोहित कुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा दुई वर्षको लागि नियुक्त गरेको छ ।

बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुलाई फागुन २२ गते पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो । बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा आरिफ शेख् र रोहित कुमार पौडेलले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे बताएका थिए ।

बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले नेपाली क्रिकेट जगतका उदयमान खेलाडीद्वय आरिफ शेख् र रोहित कुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा आबद्द गराउन पाउँदा खुसि लागेको बताए ।

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आरिफ शेख् र रोहित कुमार पौडेलजस्ता युवा खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउनु गौरवको विषय रहेको बताए । साथै बैंकले यि खेलाडीहरुको वृत्ति विकासको लागि मासिक २५,००० दिने जानकारी दिएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले एनसीसी बैंकले आरिफ शेख् र रोहित कुमार पौडेललाई आफ्नो ब्रान्ड एम्ब्यासडर बनाएर सर्हानीय कार्य गरेको बताए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds