काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरे ।
यस सम्झौता अन्र्तगत ग्राहकहरुले सिटिजन्स बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।
तपाईंको प्रतिकृया




