सिटी एक्सप्रेसले ल्यायो ‘उत्सव एक्सप्रेस अफर’

काठमाडौं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व लक्षित ‘उत्सव एक्सप्रेस अफर’ ल्याएको छ । कम्पनीले ग्राहकका लागि लक्की ड्र मार्फत ९० दिनसम्म उपहार दिने जनाएको छ । यो अफर भदौ १८ देखि मंसिर १५ गतेसम्म लागू हुने छ ।

 सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सेवाग्राहीले  सो योजनामा सहभागी हुन पाउने छन् ।कम्पनीले लक्की ड्रमार्फत दैनिक एक तोला चाँदीका सिक्का, क्याप, टी–सर्ट र किरिङ उपहार दिनेछ । साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाइल र हरेक महिना लक्की ड्रमा विजयी हुने एकजनालाई एलजी फ्रिज उपहार दिइने कम्पनीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस