एनएमबि बैंकको १२ लाख कित्ता ऋणपत्र जारी, प्रतिकित्ता एक हजारका दरले फागुन ३० देखि आवेदन दिन पाइने

काठमाडौं । एनएमबि बैंकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि जारी गरेको छ । यो बैंकले बार्षिक १० प्रतिशतका दरले अगामी १० वर्षका लागि ऋणपत्र जारी गरेको हो । न्युनतम २५ कित्ताको निम्ति आवेदन दिनुपर्ने यस्तो ऋणपत्रमा एक हजारका दरले २०८५ सम्मको लागि आवेदन माग भएको छ ।

ऋणपत्रको फागनु ३० देखि छिटोमा चैत्र ४ र ढिलोमा १४ गतेसम्म आवेदन दिन पाइने छ । बैंकले ३० लाख कित्ता मध्ये १२ लाख कित्ता ( एक अर्ब २० करोड रुपैयाँ बराबरको) ऋणपत्र जारी गरेको हो ।

यसमध्ये ५ प्रतिशत डिवेन्चर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री