काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा पाँच अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४ दशमलव ९५ बिन्दुले घटेर १ हजार १०० दशमलव ५८ बिन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक शून्य दशमलव ९५ बिन्दुले घटेर २३३ दशमलव ८८ बिन्दुमा कायम भएको छ । स्टकका अनुसार कुल १७४ कम्पनीको ८ लाख ७३ हजार ४९५ कित्ता सेयर २३ करोड ५३ लाख २० हजार ९४० मूल्यमा खरिदबिक्री भएका छन् ।
तपाईंको प्रतिकृया




