नेपाललाई दिने दुईवटा स्काइ ट्रक बनाउन पोल्याण्डसँग अमेरिकाको समझदारी

वाशिङटन । अमेरिकी रक्षा मन्त्रालयले नेपाललाई पठाउने दुईवटा नयाँ एम २८ स्काइ ट्रक बनाउनका लागि पोलिस एयरक्राफ्ट म्यानुफ्याक्चर कम्पनी पीजेडएल पनि भनिने पोल्स्की जाकेल्डी लोटनिक्ज कम्पनीसँग कन्ट्रयाक्ट गरेको छ ।
ती स्काइ ट्रक निर्माणका लागि फरेन मिलिटरी सेल्स (एमएमएस) कन्ट्रयाक्ट भएको गत शुक्रबार घोषणा गरिएको छ ।

सो समझदारी अन्तर्गत दुईवटा नयाँ कमर्सियल रुपमा उत्पादन हुने एम २८ ब्लक ०५ स्काई ट्रक, सो सम्बन्धी मेन्टिनेन्स तालिम, प्राविधिक कुरा समेटिएको प्रकाशित सामग्री र पोल्याण्डको मिलेकबाट काठमाडौंसम्मको फ्लाइट लगायतका विषय पनि रहेको जनाइएको छ ।

यो विषय नेपाललाई विदेशी सैन्य सहयोग अन्तर्गत पारिएको जनाइएको छ । स्काई ट्रकको निर्माण कार्य पोल्याण्डको मिलिकमा हुने र सन् २०१९ को डिसेम्बरसम्ममा निर्माण पूरा हुने जनाइएको छ । दुईवटा इन्जिन भएको सो एयरट्रक अत्याधुनिक हुने जनाइएको छ । एकदमै प्रतिकूल अवस्थामा पनि त्यसले उडान गर्न सक्ने बताइएको छ । (डिफेन्स ब्लग)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवाको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस