काठमाडौं ।ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ । दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो । तर पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको छ ।
तपाईंको प्रतिकृया




