जडिबुटीको बजारीकरणका लागि काठमाडौंमा हब्र्स एक्स्पो हुँदै

काठमाडौं । काठमाडौंमा शुक्रबार हब्र्स एक्स्पो २०१९ हुने भएको छ । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको आयोजनामा ‘गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने नाराका साथ एक्स्पो हुन लागेको हो ।

ठमेलको छायाँ सेन्टरमा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ । मेलामा ५० वटा स्टल हुनेछन् । नेपालको हिमालदेखि तराइसम्म पाइने जडिबुटीबारे जानकारी दिने आकर्षक स्टल मेलाको मुख्य आकर्षण हुनेछ ।

आठौं नेपाल हब्र्स एक्स्पोमा ७ वटा कृषि र अन्य प्राकृतिक उत्पादनहरु, १२ वटा प्रमाणिकरण गरिएका अर्गानिक उत्पादनहरु, ५ वटा प्रविधि र गुणस्तर सम्बन्धी जानकारी दिने स्टल हुनेछन् ।

१२ वटामा कस्मेटिक, स्पा र मसाज सम्बन्धी उत्पादन तथा जानकारी, ४ वटा आयुर्वेद तथा क्लिनिक, ७ वटा सुगन्धित वनस्पति सहितका विरुवा र फूलहरुका स्टल र परम्परागत रुपमा जडिबुटीको सहायताले गरिने उपचार मेलाका मुख्य आकर्षण हुन् । मेलामा ४ वटा स्टल नेपाल बाहिरका उद्यमी र खरिदकर्ताका हुनेछन् ।

भौगोलिक विविधता र भूबनोटका कारण जैविक विविधतामा नेपाल धनी छ । यहाँ झण्डै ७ हजार प्रजातिका वनस्पतिहरु पाइन्छन् । यि मध्ये ७ सय प्रजाति जडिबुटी र औषधिजन्य वनस्पति हाम्रा अमुल्य सम्पत्ति हुन् ।

दिनानुदिन व्यापार घाटा बढिरहेको र वैदेशिक मुद्राको अभाव खेपिरहेको नेपालले यस्ता वनस्पतिको सही व्यवस्थापन, प्रचार प्रसार र उपयोग गर्न सके आर्थिक क्षेत्रमा ठूलो योगदान दिने संघका अध्यक्ष गोबिन्द घिमिरेले बताए ।

उनले भने, ‘त्यति मात्रै होइन यस्ता जडिबुटी र औषधिजन्य वनस्पति तथा खाद्य पदार्थको प्रयोगले हाम्रो स्वास्थ्यलाई समेत बिग्रन दिंदैन । तर, खाँचो छ देशभित्र र बाहिर समेत यसको महत्व बुझाउने र यस्ता उत्पादनको प्रयोगलाई राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय बजारमा पुर्याउने ।’

यही उद्धेश्यका साथ यो बर्षको नेपाल हब्र्स एक्स्पोमा नेपालभित्रै तथा नेपाल बाहिरका क्रेता र बिक्रेतालाई एकै ठाउँमा जम्मा पारि उत्पादन विस्तार, गुणस्तर सुधार तथा व्यापार बृद्धिका लागि विभिन्न काम गरिंदैछ ।

बीटूबी भनिने बायर सेलर मिट अर्थात क्रेता विक्रेताबीचको भेटघाट यस्तै एउटा काम हो । यो बर्ष फ्रान्स, वेल्जियम, क्यानडा, जर्मनी लगायतका यूरोपीयन देश र भारत, बंगालादेश तथा चीन जस्ता छिमेकी मुलुकबाट दुइ दर्जनभन्दा बढीको संख्यामा नेपालको जडिबुटी प्रबर्द्धन तथा खरिदका लागि विभिन्न व्यवसायिक कम्पनीका प्रतिनिधिहरु आउँदैछन् ।

उनीहरुले नेपाली उत्पादन हेर्नेछन्, थप सुधारका लागि गर्न सकिने काम तथा अन्तर्राष्ट्रिय बजारमा कस्ता वस्तुको बढी माग हुन्छ भन्ने कुरा नेपाली उत्पादक, उद्यमी र संकलक सँग राख्नेछन् ।

एक्स्पोमा नीति तथा मूल्य श्रृङ्खला, अर्गानिक र निर्यात, प्रविधि र गुणस्तर गरि तीन वटा विषयमा तीनै दिन छलफल कार्यक्रम हुनेछ ।

छलफलमा सम्बन्धित विषयमा काम गरिरहेकाहरु, विषय विज्ञहरु र सरकारी निकायका प्रतिनिधिहरुले यो क्षेत्रका अवसर, चुनौती तथा सुधार गर्नुपर्ने कुराहरु राख्नेछन् ।

छलफलमा सर्वसाधारणले समेत सहभागिता जनाउन सक्नेछन् । आफ्ना विचार राख्न र विज्ञहरुसँग प्रश्न सोध्न सक्नेछन् । अघिल्ला बर्षहरुमा जस्तै यो बर्ष पनि एक्स्पोमा आउन चाहने स्कुलका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गरिएको छ ।

हिमालदेखि तराइसम्म पाइने औषधिजन्य र सुगन्धित वनस्पतिहरुको फोटो सहितको विवरण भएका सामग्रीहरु मेलामा प्रशस्त हुनेछन् ।
छोटो समयमा पैसा खर्च नगरिकनै उनीहरुले हाम्रा जडिबुटी र तिनीहरुको परम्परागत प्रयोगका बारेमा जान्न सक्नेछन् ।  क्स्पोमा स्वास्थ्यलाई हानी नगर्ने खानेकुराहरु, रसायन प्रयोग नगरिएका सौन्दर्य बढाउने सामग्रीहरु, वैकल्पिक औषधि उपचार पद्धति र आयुर्वेद तथा अन्य स्वास्थ्य सम्बन्धी परामर्श पनि उपलब्ध हुनेछ । साथै प्रमाणिकरण गरिएका र अर्गानिक खाद्य तथा पेय पदार्थहरुको खरिद बिक्री समेत हुनेछ ।

जडिबुटी उद्यमीहरुले चाहिँ आफ्नो सामानको गुणस्तर कसरी बढाउने, तेल तथा अन्य औषधिजन्य जडिबुटीको भण्डारण कसरी गर्ने, बजारमा लैजाने सामान आकर्षक प्याकेजिङ सहित लैजाने र आफ्नो छुट्टै ब्रान्ड कसरी बनाउने भन्ने सिक्ने र हेर्ने मौका पाउनेछन् ।

यो भन्दा अगाडि ६० हजार भन्दा बढी मानिसले एक्स्पो भ्रमण गरे । यो बर्ष अगिल्ला बर्षहरुमा भन्दा बढी मानिस आउने अपेक्षा गरिएको छ ।

एक सय भन्दा बढी उद्यमी र व्यवसायी आवद्ध रहेको नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ, नेहपाले यही अवसर दिलाउन किसान, उत्पादक, संकलक, व्यापारी, अन्तर्राष्ट्रिय स्तरबाटै प्रमाणिकरण गरिएका कृषि र हर्बल क्षेत्रका साना तथा मझौला उद्यमीहरुलाई एकै ठाउँमा जम्मा पार्न यो एक्स्पोको आयोजना गरेको हो ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्र र जर्मन सहयोग नियोग, जिआइजेडसँगको समन्वय तथा सहकार्य गर्न लागिएको एक्स्पोका लागि अन्य विभिन्न क्षेत्रको समेत सहयोग रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण …

प्रतिकृया दिनुहॊस