राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी गाभिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंक गाभिने भएको छ । साे डेभलपमेन्ट बैंक गाभ्ने (मर्जर) सम्बन्धमा  आयोजित एक समारोहका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डे र एनआईडिसी डेभलपमेन्ट बैंकका अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई बैंक एक आपसमा गाभिए पश्चात २०७४ माघ १ गते देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक तथा एनआईडिसीको साधारण सभाले यस अघिनै एनआईडिसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा प्रस्ताब पारित गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री