बक्यौता नतिरे ३ कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । तिर्न बाँकी रहेको रू. ३ अर्ब फागुन मसान्तभित्र नबुझाए नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम, युनाइटेड टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ । प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले बक्यौता नतिर्ने ती कम्पनीलाई आइतवार पत्र पठाई यसबारे जानकारी गराइसकिएको जानकारी दिए ।

संसद्को अर्थ समितिले माघ २९ मा प्राधिकरणलाई पत्र पठाई १ महीनाभित्र बाँकी बक्यौता उठाउन र रकम नबुझाउने कम्पनीको अनुमतिपत्र खारेज गर्न निर्देशन दिएको थियो । खनालका अनुसार प्राधिकरणले सोही अनुरूप तयारी थालेको हो ।

बक्यौता रकम बुझाउन प्राधिकरणले पटक पटक ताकेता गरे पनि ती कम्पनीले बेवास्ता गर्दै आएका थिए । प्राधिकरणलाई सबैभन्दा बढी स्मार्ट टेलिकमले रू. १ अर्ब ४० करोड तिर्न बाँकी छ । यस्तै, युनाइटेड टेलिकम (यूटीएल) ले ७९ करोड ४३ लाख र नेपाल स्याटेलाइट टेलिकमले ७३ करोड ५७ लाख रुपैयाँ तिरेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लुयानको विन्टर राइड अफर

काठमाडौं । लुयान स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता लुयान नेपालले विन्टर राइड अफर ल्याएको छ …

प्रतिकृया दिनुहॊस