काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ। नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो । दुई पक्ष बिच झडप भएसँगै प्रहरीले लाठि चार्ज गरेको छ । त्यसक्रममा पत्रकारहरु केशव साउद र सुनिता डंगोल पनि घाइते भएका हुन् । प्रहरीले लाठि चार्ज गर्दा नेविसंघका कयौ विद्यार्थीहरु घाइते भएका छन् ।
नेविसंघमा ३२ वर्षे हदबन्दी हटाउनुपर्छ भन्ने पक्ष र विपक्षमा दुई समुह जुलुससहित पार्टी कार्यालयमा पुगेको थियो । हदबन्दीको पक्षधरको नेतृत्वमा निवर्तमान उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदी थिए । दुवै तर्फको जुलुस आएसँगै ऋषिकेशजंग शाहको नेतृत्वमा रहेको समुहले अर्को पक्षमाथि एकाएक सांघातिक आक्रमण गरेपछि झडप स्थिति बनेको थियो ।
तपाईंको प्रतिकृया




