आइसीसी टी–२० महिला : हङकङमाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट अन्तर्गतको  खेलमा  नेपालले हङकङमाथि ४ विकेटको शानदार जित निकालेकाे छ ।

हङकङले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १८.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागि अप्सरी वेगमले सर्वाधिक २४ र सरिता मगरले १६ रनको योगदान दिइन्।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो। हङकङका लागि मरीना लाम्पलोलाई १९, यास्मिन दसवानीले १६ तथा बेला पुनले ११ रन जोडिन् ।

हङकङलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ६ विकेट लिईन् । सरिता राना मगरको नाममा २ विकेट रह्यो । यो जित  जितसँगै नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री