चरि जस्तै उड्न खोज्दै प्रियंका कार्की (भिडियो)

चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चरी जस्तै उड्न पाए बोलको गीतमा प्रियंका छमछमी नाँचेकी छिन् ।

मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने संगित बसन्त सापकोटाले दिएका छन् । निकै मर्मस्पर्शी गीतले टिपिकल नेपाली लोक शैलीलाई पछ्याएको छ ।

कविराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । भिडियोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । गीतलाई शुभ मिडिया होम प्रालीले बजारमा ल्याएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री