वाणिज्य बैंकहरुको शाखा संख्या ३ हजार २३३ पुग्यो

काठमाडाैँ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३ हजार २ सय ३३ पुगेको छ । वाणिज्य बैंकहरु स्थानीय तहमा जानैपर्ने अवस्था आएपछि वाणिज्य बैंकहरुको शाखा संख्या बढेको हो । २०७४ असारमा २ हजार २ सय ७४ शाखा रहेको वाणिज्य बैंकहरुको शाखा २०७५ पुष महिना सम्म झण्डै १ हजारको संख्यामा वृद्धि भएको छ ।

विकास बैंकको संख्या घटदै गएपनि शाखा संख्या भने बढेको छ । पुष मसान्त सम्ममा वाणिज्य बैंकहरुको शाखा १ हजार १ सय ५९ पुगेको छ । वित्त कम्पनीको साखा १ सय ९९ पुगेको छ ।

लघुवित्त कम्पनीहरुको शाखा विस्तार पनि तिब्र रुपमा बढेको छ । २०७४ असार १ हजार ८ सय ९५ शाखा रहेको लघुवित्तहरुको शाखा विस्तार भएर २०७५ पुष मसान्त सम्ममा ३ हजार शाखा पुगेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या ७ हजार ५ सय ९१ पुगेको छ । यो अवधिमा वाणिज्य बैंकको संख्या २८, विकास बैंकको संख्या ३३, वित्त कम्पनीको संख्या २४ र लघुवित्त वित्तीय संस्थाको संख्या ७२ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई सहायक …

प्रतिकृया दिनुहॊस