सालनालसहित दुई शिशुका शव फेला

लहान । सिरहाको लहान र सप्तरीको राजविराज मलेठमा सालनालसहित फालिएका दुई मृत शिशु भेटिएका छन्।  लहान नगरपालिका ७ स्थित नहरछेउमा सोमबार सालनालसहितकी बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। शिशुको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।

त्यस्तै सप्तरीको राजविराज नगरपालिका ९ मलेठस्थित बाँसघारीमा सालनालसहितको मृत शिशु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजविराज ९ मलेठका राजेन्द्र बर्माको बाँसघारीमा सोमबार अपराह्न सालनालसहित रातो साडीमा बेरेर प्लाष्टिकको झोलाभित्र राखिएको मृत बालिका शिशुको शव भेटिएको हो।  अवैध सम्बन्धबाट गर्भधारणपछि जन्मिएको शिशु फालिएको हुनसक्ने प्रहरीको आशङ्का छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री