बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, ९ जना घाइते

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।

चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना हुँदा  जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस