कृषि विकास बैंकको एजीएम चैत १५ गते बस्ने, २१.०५३% लाभांश प्रस्ताव पेश हुँदै

काठमाडौं । कृषि विकास बैंकले चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा साधारण सभा गर्ने निर्णय गरेको छ । सभामा सर्वसाधारण सेयरधनीलाई ६% बोनस सेयर र १५.०५३% नगद गरी कुल २१.०५३% लाभांश दिने प्रस्ताव पेश हुनेछ ।
यता, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिनेछ । साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ छ । कृषिको प्रतिसेयर आम्दानी २८ रुपैयाँ २५ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरणसम्बन्धी उद्यमीको छाता संगठन नेपाल विद्युतीय व्यवसायी …

प्रतिकृया दिनुहॊस