स्ट्यान्डर्ड चार्टर्डको नाफा १ अर्ब नजिक, निक्षेपभन्दा कर्जा वृद्धिले सीसीडीमा चाप

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा करिब १ अर्ब स्वतन्त्र नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब ४ प्रतिशत मात्र नाफा वृद्धि गरी स्वतन्त्र नाफा ९९ करोड ८१ लाख कायम गरेको हो ।

नियामकीय समायोजनमा १४ करोड छुट्याएको बैंकको खुद नाफा भने १ अर्ब १२ करोड कायम भएको छ । यो अघिल्लो वर्षको सोही समयको तुलनामा ८ प्रतिशतले बढी हो । यो नाफा अनुसार बैंकको प्रतिशेयर आम्दानी २८.५९ रुपैंया हो ।

बैंकले अघिल्लो त्रैमासको तुलनामा निक्षेप र कर्जामा क्रमशः करिब ५० करोड र ३ अर्ब १५ करोडको बढोत्तरी गर्दा रिजर्भको आकार भने करिब २५ करोडले बढाएको छ । निक्षेप संकलन भन्दा कर्जा लगानीको दर बढ्दा बैंकको सीसीडी अनुपातमा चाप देखिएको छ ।

अघिल्लो त्रैमासमा ६८.१२ प्रतिशत रहेको उक्त रेसियो अहिले ७५.८१ प्रतिशत पुगेको छ । बैंकको आधार ब्याजदर भने अघिल्लो त्रैमासभन्दा कम छ, यसले बैंकको ऋणको ब्याजदर अघिल्लो त्रैमासभन्दा कम हुने देखिएको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात २२.०३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.२० प्रतिशत, कस्ट अफ फण्ड आधार ब्याजदर ७.५५ प्रतिशत छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस