दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डूको सामान्य प्रगति, नाफा ६७ करोड, अरु सूचक कस्ता ?

काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ को पहिलो छ महिनामा कुल ६६ करोड ६१ लाख रुपैंया बराबरको स्वतन्त्र नाफा आर्जन गरेको छ । ७४ करोड १४ लाख खु्द मुनाफा कमाएको बैंकको नियामकीय समायोजनबापत ७ करोड ६२ लाख रुपैंया रिजर्भ राखेपछि स्वतन्त्र नाफा उक्त परिमाणमा सीमित भएको हो । यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा करिब २० प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चु्क्ता पुँजी पुर्याउन बाँकी रहेको बैंकको यो नाफा प्रतिशेयर २०.८६ रुपैंया बराबर हो ।

बैंकले प्रकाशनगरेको लेखापरीक्षण नगरिएको वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकको निक्षेप ८० अर्व नाघ्दा बर्जा लगानी करिब ७३ अर्ब रहेको छ । कर्जा र निक्षेपको यो आकारबाट बैंकको निक्षेप र पुँजीमा कर्जाको (सीसीडी) अनुपात ७८.६५ प्रतिशत कायम भएको देखिएको छ । बैंकले संकलन गरेको उक्त निक्षेप र कर्जा अघिल्लो त्रैमासको अन्त्यभन्दा क्रमशः १ अर्ब र २ अर्ब बढी हो । बैंकले निक्षेप भन्दा कर्जा लगानी बढाएको कारण रिजर्भमा ३५ करोड थपिए पनि सीसीडी अनुपात अघिल्लो त्रैमासभन्दा बढी देखिएको छ ।

उक्त अवधिमा बैंकले कर्जाबाट ४ अर्ब ७६ करोड ब्याज संकलन गरी निक्षेपमा २ अर्ब ९८ करोड प्रदान गर्दा कुल ब्याज आम्दानी १ अर्ब ७७ करोड आर्जन गरेको छ भने शुल्क तथा कमिसनबापत २४ करोड रुपैंया खुद आम्दानी गरेको छ । बैंकले कर्मचारी तथा सञ्चालन खर्च गरी व्यवस्थापनतर्फ करिब ९० करोड खर्च गरेको देखाएको छ ।

बैंकको कस्ट अफ फण्ड ७.९१ रहँदा आधार ब्याजदर १०.६१ प्रतिशत पुगेको छ भने निष्क्रिय कर्जा अनुपात अघिल्लो त्रैमासभन्दा बढेर २.८० प्रतिशत कायम भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds