आजदेखि मौसममा सुधार हुने, मध्य र पूर्वी पहाडी भेगमा भने आंशिक बदली रहने

काठमाडौ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार हुँदै जाने जनाएको छ । काठमाडौ उपत्यका र आसपासका क्षेत्रको आकाश आज विहानैदेखि सफा र खुल्ला देखिएको छ । शनिबार विहानसम्म पानी परेको र डाँडाकाडाहरुमा हिउँ परेको कारण   काठमाडौ उपत्यकामा आज बिहान पनि चिसो महसुस गरिएको छ ।

 गत सातादेखि भित्रिएको युरोपेली वायु (पश्चिमी वायु) को प्रभावले शुरु भएको हिउँदे झरी शनिबार रातिदेखि कमजोर हुँदै गएको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव निस्क्रिय हुँदै गएसंगै क्रमशः मौसम सुधार हुने जनाइएको छ । आज (आइतबार) मुलुकका पश्चिमी भू–भागलगायत मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदली भए पनि अन्य भेगको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तर पहाडी भेगका केही ठाउँमा भने हल्का वर्षा र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना भने रहेको महाशाखाले जनाएको छ । देशैभर निरन्तर वर्षा र हिमपात हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । गत मंगलबार रातिदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले बुधबारदेखि सुदूरपश्चिम र मध्यपश्चिमका धेरै भू–भागको मौसम प्रभावित बनाएकोमा शुक्रबारदेखि त्यस्तो प्रभाव देशैभरि फैलिएको थियो ।

सोही प्रभावले शनिबार अधिकांश उच्च पहाडी र हिमाली भेगमा बाक्लै हिमपात भएको छ । काठमाडौं उपत्यकाका चन्द्रागिरी, चम्पादेवी, फूलचोकी, नगरकोट, शिवपुरीलगायतका भू–भागमा पनि हिमपात भएको थियो ।

शनिबार साँझसम्ममा भैरहवामा सबैभन्दा बढी ५५ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ । त्यसै गरी सिमरामा ४३ दशमलव ८, पोखरामा ३५ दशमलव २, काठमाडौंमा २८ दशमलव २, दाङमा १४ दशमलव ६, वीरेन्द्रनगरमा १३ दशमलव १ र ताप्लेजुङमा १२ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस