हेमन्त कान्छाले ल्याए पुरानो सर्जकलाई सम्मान गर्दै “ रेलको ढोका बन” (भिडियो)

काठमाडौं । करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइलले पुरानो मौलिकतालाई जगेर्ना गदै “ रेलको ढोका बन” गीतको कभर भिडियो सार्वजनिक गरेका छन् ।
उनले रेडियो नेपालमा गीत गाएर छुटटै पहिचान बनाएको गायक तथा सारङ्गी बाधक कृष्ण गन्धर्वको उक्त गीतको कभर भिडियो आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।  यस कभर गीतमा आफ्नै स्वर , सारङ्गी रहेको छ भने अनिल थापा मगरले मादलमा साथ दिएका छन् । पुरानो गीतमा भने कृष्ण गन्धर्वको स्वर  शब्द , संगीत रहेको छ ।

उनको यस भन्दा अगाडि नै ‘भाग्यमानी ‘’ बोलको गीतले हजारौ दर्शक स्रोताको मन जितिसकेको छन् । त्यस्तै हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला‘’ बोलको गीत निकै हिट भएको थियो ।
यसबीचमा उनले करिब दुई दर्जन गीत गाए । लोकगायनका साथै अहिले उनी कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस