चलचित्र विकास वोर्ड अध्यक्ष निकिताले दिइन् पदबाट राजिनामा

काठमाडाैं । निकिता पौडेलले चलचित्र विकास वोर्डका अध्यक्ष आफ्नो पदबाट राजीनामा दिएकी छन् ।चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग केहि समय अगाडी कोर्ट म्यारिज गरेकी पौडेलले नयाँ जीवनमा प्रवेस गरेका कारण  व्यस्त हुने भएकाले आफ्नो पदबाट राजिनामा दिएको बताएकी छन् ।

उनले आफ्नो राजीनामा आजैबाट लागु हुने जनाएकी छन् । उनले राजीनामाको जानकारी आफ्नो व्यक्तिगत फेसबुकबाट दिएकी हुन् ।

पोस्टमा उनले आफ्नो ३ महिनाको तलब आफ्ना श्रीमान श्रीमान रबि लामिछानेले बनाउने रास्कोट सामुदायिक अस्पताललाई दिने घोषणा सो पोस्टमा गरेकी छिन् । उनले आगामी दिनमा सो अस्पताल बनाउने काममा लगाउने पनि जनाएकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप