विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको अवरोध समय घटाइँदै, ७ दिनभित्रै स्वीकृति पाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउने स्वीकृति सात दिनभित्रै दिने भएको छ। विदेशी लगानी सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा राष्ट्र बैंकले निवेदन दिएको सात दिनभित्र विदेशी लगानी भित्र्याउन स्वीकृति दिनुपर्ने उल्लेख छ। यसअघि तयार पारिएको मस्यौदामा राष्ट्र बैंकले ३० दिनभित्र स्वीकृति दिने र स्वीकृति दिन अयोग्य ठहरिएमा सात दिनभित्र जवाफ दिनुपर्ने उल्लेख थियो।

उद्योग विभागबाट स्वीकृति लिएर कम्पनी दर्ता, नगरपालिका दर्ता, राजस्व कार्यालयमा दर्ता लगायत सम्बन्धित सबै प्रक्रिया पुर्याईसकेपछि राष्ट्र बैंकमा लगानी भित्र्याउन स्वीकृती पाउँ भनि निवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो। राष्ट्र बैंकले भने सम्पत्तीको स्रोत जाँचबुझ गर्ने भन्दै सबै लगानीकर्ताका फाइल लामो समयसम्म अड्काएर राख्थियो।

समयमै लगानी भित्र्याउन स्वीकृति नदिँदा विदेशी लगानीकर्ताले भिसा थप्न नसक्ने र झन्झटिलो प्रक्रियाका कारण कयौं लगानीकर्ता बीचैमा नेपाल छोडेर जाने गरेको विदेशी लगानी सम्बन्धि कानुनको वकालत गर्ने कानुन व्यवसायीहरुले बताउँदै आएका थिए।

यस्तै जटिलता अन्त्य गर्न लगानी सुरुवातमा सबैको स्वीकृत गरेर सम्पत्तीको स्रोतमा छानबिन गर्न व्यवसायीहरुले सुझाव दिएका थिए। एउटा निकायले स्वीकृती दिइसकेपछि अर्को निकायले पनि त्यसैमा स्वीकृति दिनु अन्तर निकायबिच समन्वयको अभाव हुने भन्दै एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्दा पनि सहज हुनेगरि कानुन बनाउन व्यावसायीले सुझाव दिँदै आएका थिए। व्यावसायी र विज्ञको सुझावपछि मन्त्रालयले राष्ट्र बैंकको भूमिकालाई सहज बनाउने गरि सुझाव समेटेर मस्यौदा परिवर्तन गरेको छ।

अव राष्ट्र बैंकले निवेदन दिएको सात दिनभित्र विदेशी लगानी भित्र्याउन स्वीकृती दिने छ। लगानीको वैधता जाँच्न भने राष्ट्र बैंकलाई ९० दिन (तीन महिना) को समय दिइएको छ। बैध स्रोतबाट आए/नआएको यकिन गरि राष्ट्र बैंकले सम्बन्धित निकायलाई तीन महिनाभित्र जानकारी गराउनुपर्ने कानुनमा व्यवस्था गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले …

प्रतिकृया दिनुहॊस