सहुलियत कर्जाको विवरण सात दिनभित्र पेश गर्न राष्ट्रबैंकको वाणिज्य बैंकहरुलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैकहरुलाई पुस मसान्तसम्म प्रवाह गरेको सहुलियतपूर्ण कर्जाको विवरण पठाउन निर्देशन दिएको छ ।

बिहीबार (पुस १७) गते सूचना जारी गर्दै राष्ट्र बैंकले सो विवरण पठाउन भनेको हो ।  सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि कार्यान्वयनमा बैंकहरुले प्रोडक्ट पेपर तयार गरेको छ वा छैन र कर्जा सुरक्षाका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता भएकोछ वा छैन भन्ने विषयको जानकारी एक हप्ताभित्र केन्द्रिय बैंकलाई बाणिज्य बैंकहरुले गराउनुपर्नेछ ।

सरकारले ब्याज अनुदान दिनेगरी अहिले बैंकहरुले विभिन्न शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस