हुन्डाईकाे कोना इभि ईलेक्ट्रिक कार बजारमा, गुड्दा गुड्दै चार्ज हुने विशेषता

काठमाडौँ । हुन्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ ईलेक्ट्रिक कार लन्च गरेको छ । याे भनेकाे हुन्डाईको कोना इभि ईलेक्ट्रिक कारको दोश्रो सेग्मेन्टको हो । हुण्डाई कम्पनीले यो कारको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ ताेकेकाे जानकारी दिएकाे छ ।

याे कोना इभि कारलाई फुल चार्ज गर्दा ३९ युनिट विद्युत खपत हुन्छ । एक पटक पूरै चार्ज गरेपछि ३१२ किलो मिटर कार चलाउन सकिन्छ । यो कार गुड्दा गुड्दै १० प्रतिशत व्याट्रि आफैँ चार्ज हुन्छ । कार चलिरहेको बेला ब्रेक हान्दापनि ब्याट्रि चार्ज हुने उल्लेख छ । फुल चार्ज गर्न डिसी फस्ट चार्जरबाट ५७ मिनेट लाग्ने गर्छ ।

यसको १३५ पिएसको पावरले यसयुभिको दरिलोपनको साथ ईलेक्ट्रिक पावर दिन्छ । ईलेक्ट्रिक कारमा ३९.२ केडब्ल्यूएच लिथियम आयोन पोलिमर ब्याट्रीमा कनेक्ट प्याकको पावरको साथ गुड्ने गर्छ । सिंगल चार्ज गर्दा यसको ईलेक्ट्रिक ड्राईभिङ रेन्ज ३०० किलोमिटर भन्दा बढी छ ।

याे कारमा उच्च प्रभावकारिता र वातावरणमैत्री सवारी-साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई कोना इभिको साथ पूरा गर्दै अाएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवाको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस