सिन्धुलीबजारमा ज्योति विकास बैंकको नयाँँ शाखा

काठमाडौं । ज्योति विकास बैंकले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । कमलामाई नगरपालिका वडा नं ६, सिन्धुलीबजारमा रहेको साे शाखाकाे उद्घाटन सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् ।

देशभरि हाल बैंकको ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएमबाट सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षभित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

बैंकको १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. साढे २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २० अर्वभन्दा बढि लगानी गर्न सफल भएको बैंककाे जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको अहिलेको चुक्तापूँजी रु.२ अर्व ५९ करोड रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस