नेपाल बैंकको सहुलियतपूर्ण कर्जा बजारमा

काठमाडौं । नेपाल बैंक लिमिटेड्ले सहुलियतपूर्ण कर्जाहरु बजारमा ल्याएको छ ।

देशका ६० जिल्लामा फैलिएका १५७ शाखा संजाल मार्फत विभिन्न शीर्षकमा सहुलियतपूर्ण व्याजदरमा विभिन्न उपयोगी कर्जाहरु बजारमा ल्याएको हो । बैकको आधार दरमा २ प्रतिशत प्रिमियम थप गरि नेपाल सरकारबाट प्राप्त हुने निश्चित प्रतिशत अनुदान घटाई कायम हुने उक्त कर्जाको व्याजदर बजारमा उपलव्ध अन्य कर्जाहरु र मुद्रास्फृतिको तुलनामा न्यून रहेको छ ।

यसरी उपलव्ध गराईने कर्जा सेवाहरुमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशीलता कर्जा ,वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा ,दलित समुदाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्प पीडितलाई निजी आवाश निर्माण कर्जा रहेका छन् ।
नेपाल सरकारबाट स्वीकृत कार्यक्रम अनुसार उक्त बैकद्वारा कार्यान्वयनमा ल्याईएका बैकका सबै शाखा कार्यालयबाट उपलव्ध यी कर्जा सुविधामा लक्षित फर्म /व्यक्ति तथा समूहबाट  भर्न सक्ने  बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds